|
२०८३ बैशाख २९
काठमाण्डौं । जर्ज मुन्से र फिनले माकरिथको शतककीय साझेदारीसँगै स्कटल्यान्डले आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई २४४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको हो ।
स्कटल्यान्डका ओपनर मुन्सेले सर्वाधिक ७५ रन बनाए। उनले ६२ बलमा १२ चौका र २ छक्का प्रहार गरे । पहिलो विकेटका लागि फिनले माकरिथ र उनीबीच ११४ रनको साझेदारी भएको थियो। फिनले ६२ बलमा ३ चौकासहित ३५ रन बनाए ।
माइकल लीस्क २९, मार्क वाट २४ र म्याथ्यू क्रस १८ मा आउट हुँदा मिचेल इङ्लिस ३४ रनमा अविजित रहे ।
नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले एक मेडनसहित ४१ रन खर्चिए । करण केसी र नन्दन यादवले समान २ विकेट आफ्नो नाममा राखे ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्