|
२०८३ बैशाख २८
काठमाडौँ । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ परेकी छन् । दैलेख प्रहरीले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक सन्तोष रोकायाका अनुसार बैंकिङ कसुरको आरोपमा अध्यक्ष शाहीलाई पक्राउ गरिएको हो । एक जना स्थानीय व्यक्तिलाई उनले दिएको ५ लाख बराबरको चेक बाउन्स भएपछि उनीविरुद्ध मुद्दा परेको थियो ।
अध्यक्ष शाही नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्