एसईई नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्ड तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २७

काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ मा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची सार्वजनिक गरेको छ ।

परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले अबको चार दिन अर्थात बैशाख महिनाभित्र एसईई नतिजा सार्वजनिक गर्ने तयारी भएको बताए ।

परीक्षा नियन्त्रण कार्यालयले आइतबार एक सूचना प्रकाशित गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

गत चैत १९ गतेदेखि २९ गतेसम्म भएको एसईई परीक्षामा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले एसईई परीक्षा फाराम भरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *