काठमाण्डौँ । दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीले शनिबार राति ब्रेन्टफोर्डलाई ३–० ले हराएसँगै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल थप दबाबमा आएको छ ।
सिटीको यो जितपछि शीर्ष स्थानमा आर्सनल र सिटीबीच मात्र दुई अंकको अग्रता रहेको छ ।
सिटीले बाँकी चार खेलमा क्रिष्टल प्यालेस, चेल्सी, बर्नामाउथ र एष्टन भिल्लासँग खेल्ने तालिका रहेको छ । आर्सनलले भने च्याम्पियन्स लिगको फाइनलमा पिएसजीसहित वेष्टहम, बर्नली र क्रिष्टल प्यालेसँग खेल्ने तालिका छ ।
सिटीले आफ्नै मैदानमा गोलको लागि भने संघर्ष गर्नुपर्यो । तीनै गोल दोस्रो हाफमा सम्भव भएका थिए । सिटीको जितमा जेमेरी डोकु, एर्लिङ हाल्यान्ड र ओमार मार्मोउसले गोल गरेका हुन् । खेलको ६०औं मिनेटमा डोकुले सिटीलाई अग्रता दिलाए ।
७५औं मिनेटमा हाल्यान्डले दोस्रो गोल गरेका हुन् । यो सिजन नर्वेजियन स्टारले ३४ खेलमा २६ गोल गरिसकेका छन् । जसमा ८ पास उपलब्ध गराएका छन् ।
३५ खेलपछि ७४ अंकसहित सिटी दोस्रो स्थानमा रहेको छ । समान खेलबाट आर्सनल ७६ अंकसहित शीर्ष स्थानमा छ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्