काठमाण्डौँ । नेपाल ए ले अभ्यास खेलमा लगातार दोस्रो जित हासिल गरेको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा अमेरिका नेपाल ए सँग ३ विकेटले पराजित भयो । पहिलो अभ्यास खेलमा नेपाल ए ले बिहिबार स्कटल्याण्डलाई ४५ रनले पराजित गरेको थियो । नेपाल ‘ए’ को यो लगातार दोस्रो जित हो ।
अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ए ले ४९.१ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
कुशल ४९ बलमा ३३, कप्तान अनिलकुमार साह २७, सन्दीप जोरा ३६, बसिर अहमद १८ तथा तृतराज दास २३ रनमा आउट हुँदा पवन सरार्फ २४ रनमा अविजित रहे । अमेरिकाका लागि मिलिन्द कुमारले २ तथा नोस्तुष केन्जिके, रुशिल उगारकर, सञ्जय कुष्णमुर्थी, सौरभ नेत्रभाल्कर र हरमित सिंहले समान १ विकेट आफ्नो नाममा गरे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६२ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो ।
कप्तान मोनांक पटेल २०, शुभम रञ्जने १६, सञ्जय कृष्णमुर्थी १५ तथा साइतेजा मक्कमल्ला १० रनमा आउट भएका थिए ।
नेपाल ए का लागि पवन सरार्फले २ तथा नारायण जोशी, रशिद खान, शेर मल्ल, बसिर अहमद, शाहब आलम र विपिन खत्रीले समान १ विकेट आफ्नो नाममा गरे । तेस्रो अभ्यास खेलमा शनिबार नेपाल ुएु ले स्कटल्याण्डको सामना गर्नेछ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्