दीपेन्द्रको अलराउण्ड वरियतामा व्यापक सुधार, १२ स्थान सुधार गर्दै ३१औँ स्थानमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २३

काठमाण्डौँ । नेपाली ट्वान्टी २० क्रिकेट टिमका कप्तान दीपेन्द्रसिंह ऐरीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) तर्फको अलराउण्ड वरियतामा व्यापक सुधार गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद९आइसिसी० ले जारी गरेको पछिल्लो वरियतामा दीपेन्द्र १२ स्थान सुधार गर्दै ३१औं स्थानमा उक्लिएका छन् ।

मंगलबार मात्र सम्पन्न भएको विश्वकप लिग २ अन्तर्गतको नेपाल, ओमान तथा युएई सहभागी त्रिकोणात्मक सिरिजमा उनले अलराउण्ड प्रदर्शन गरेका थिए ।

नेपालले खेलेका ४ मध्ये २ अर्धशतक र १ शतक सहित २६८ रन तथा ४ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *