|
२०८३ बैशाख २२
काठमाडौं । आसिफ शेखको सानदार सुरुआत र आरिफ शेखको उस्तै फिनिसिङसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा ओमानलाई २५७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले अन्तिम २ बल बाँकी रहँदा सबै विकेट गुमाएर २५६ रन बनाएको हो।
नेपालका ओपनर आसिफले सर्वाधिक ९४ रन बनाए। ९७ बल खेलेका उनले ७ चौका प्रहार गरे । उनी र अर्जुन कुमालले दोस्रो विकेटका लागि १२३ रनको विशाल साझेदारी गरेका थिए ।
अर्जुनले भने ८७ बलमा ४ चौकासहित ४८ रन बनाए। दीपेन्द्रसिंह ऐरी ३३ र गुल्शनकुमार झा १७ रनमा आउट हुँदा आरिफले अन्तिममा आएर आक्रमक इनिङ्स खेले ।
उनले २४ बलमा १ चौका र ४ छक्कासहित ४३ रन बनाए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्