रोल्पामा दुर्घटना हुँदा रुकुम पूर्वका एकै परिवारका ७ जनाको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १८

काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका–१ जलजला भन्ने ठाउँमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना एउटै परिवारका सदस्यहरू रहेको खुलेको छ ।

रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ टाकुरा भन्ने ठाउँका एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बीरेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार, अहिले शवहरू संकलन गरेर थवाङतर्फ लगिँदैछ । दुर्घटनामा परेर २० जनाले ज्यान गुमाएका थिए । तीमध्ये ९ जना दाङका व्यक्ति रहेको वडाध्यक्ष बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *