न्यु डायमण्डको फाइनल प्रतिद्धन्द्धी पुलिस

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १७

काठमाडौँ । १०औं पिएम कप एनभिए भलिबल लिगअन्तर्गत महिलातर्फको फाइनलमा न्यु डायमण्ड स्पोर्टस क्लबले नेपाल पुलिस क्लबलाई आफ्नो प्रतिद्धन्द्धी पाएको छ ।

प्रतियोगिताको सातौं दिन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न दिनको दोस्रो खेलमा पुलिसले विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबलाई ३–१ को सेटले हराएको हो । एपिएफ २१–२५, २५–१९, २९–२७, २५–२१ ले पराजित भयो । पुलिसको यो लगातार चौथो जित हो । जितसँगै पुलिसले न्यु डायमण्डसँगको भेट पक्का गरेको हो ।

न्यु डायमण्डले पनि मंगलबार लगातार चौथो जित हासिल गर्दै फाइनलमा स्थान बनाएको थियो ।

फाइनलअघि यी दुईले लिग चरणको अन्तिम खेलमा बिहीबार एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *