गोलकिपर टिकेन्द्रले भुटानी क्लब ट्रान्सपोर्टबाट खेल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १६

काठमाण्डौँ । गोलकिपर टिकेन्द्र थापाले भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेड एफसीबाट खेल्ने भएका छन्।

३१ वर्षीय थापाले संकटा एफसीबाट घरेलु लिग खेलिरहेका थिए । तर, राष्ट्रिय लिग समाप्त नहुँदै रोकिएपछि उनी मोफसलका प्रतियोगितामा व्यस्त थिए ।

तर, केही मोफसलका प्रतियोगिता सकिएसँगै उनी भुटानी क्लबमा आबद्द भएका हुन् । उनले संकटाबाहेक चर्च बोइज युनाइटेड, जावलाखेल युथ क्लब, धनगढी एफसी, वीरगञ्ज युनाइटेड र बुटवल लुम्बिनी एफसीबाट खेलिसकेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *