प्रतिकूल मौसमका कारण हवाई उडान सेवा प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १६

काठमाण्डौँ । काठमाडौंमा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित बनेको छ ।

भारत नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाज ‘मिस अप्रोच’ का कारण ओभरसुट गर्नुपरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो जहाज अहिले होल्डमा छ ।

त्यस्तै थाई लायनको जहाज समेत अहिले होल्डिमा छ । फ्लाइ दुबईको जहाज समेत होल्डमा रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिकूल मौसमले आन्तरिक उडानका जहाज समेत प्रभावित बनेका छन् । अहिले सिमरा, पोखरा, विराटनगर, भैरहवा जाने उडान डिले भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *