बिहीबार सोपान फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँड हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १५

काठमाण्डौँ । बिहीबार सोपान फर्मास्यूटिकल्स लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार १७ गते बिहीबार विहान ९ बजे एनएमबि क्यापिटलमा हुने भएको हो ।

कम्पनीले बैशाख ३ गतेदेखि बैशाख ८ गतेसम्म ३४ करोड ७४ लाख ९० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो । आईपीओमा माग धेरै गुणा आवेदन परेकाले गोलाप्रथाबाट आईपीओ बाँडफाँड हुने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *