|
२०८३ बैशाख १५
काठमाण्डौँ । आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले मंगलबार घरेलु टोली रुवाण्डासँग प्रतिस्पर्धा गर्दैछ।
मंगलबार रुवान्डाको किगाली गहंगा क्रिकेट ओभलमा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ।
जारी प्रतियोगितामा नेपालले हालम्म ५ खेल खेलेको छ। जसमा नेपालले इटाली र रुवान्डालाई हराएको छ भने अमेरिका र भानुआटुसँग पराजित भएको छ।
प्रतियोगितामा सबै टोलीले एक अर्कासँग दुईरदुई खेल खेल्नेछन् । अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ। प्रतियोगितामा आयोजक राष्ट्र रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआटु सहभागी छन् ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्