|
२०८३ बैशाख १४
काठमाण्डौँ । चीनको सान्यामा चलिरहेको छैटौँ एशियन ‘बिच गेम्स’ अन्तर्गत महिला कबड्डीको उपाधि भारतले जितेको छ ।
आज भएको फाइनल खेलमा भारतले श्रीलङ्कालाई ४७–३१ को अन्तरले हरायो । योसँगै भारतले लगातार छैटौँ पटक उपाधि जितेको हो । श्रीलङ्काले रजत पदक जित्यो ।
प्रतियोगितामा नेपाली महिला टोलीले कांस्य पदक जितेको छ । आइतबार भएको दोस्रो सेमिफाइनलमा नेपाल श्रीलङ्कासँग पराजित भएको हो । यस्तै पहिलो सेमिफाइनलमा भारतसँग पराजित भएको बङ्गलादेशले पनि कांस्य पदक जितेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्