काठमाण्डौँ । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले बैशाख २९ गतेदेखि सामूहिक लगानी कोष रिलायबल समृद्धि योजना २ को इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।
रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो । निष्काशन गरिने कुल १० करोड इकाईको १५ प्रतिशत इकाई अर्थात १ करोड ५० लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई र १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।
म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रबर्धकलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटि ४ प्लस रेटिङ्ग प्रदान गरेको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्