काठमाण्डौँ । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७१ प्रतिशत कम हो ।
बैंकको यस्तो नाफा गत आवको सोही अवधिसम्ममा ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ थियो । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा बैंकको आम्दानी ३२ रुपैयाँ ३५ पैसामा झरेको छ । साथै बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ४ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
बैंकले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी १.३३ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी ३२.४९ प्रतिशत र कुल सञ्चालन आम्दानी ९.२२ प्रतिशतले बढेको छ । साथै इम्पेरमेन्ट चार्ज ७७ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ २४४ रुपैयाँ २७ पैसा रहेको छ । बैंकको चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ अर्ब ७९ करोड रुपैयाँ सञ्चित छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्