|
२०८३ बैशाख १४
काठमाण्डौँ । आईसीसी महिला च्यालेन्ज ट्रफीमा अमेरिकासँगको दोस्रो खेलमा पनि नेपाल ७ विकेटको फराकिलो अन्तरले पराजित भएको छ । रुबि पोद्दारले नेपालको लागि पहिलो पटक अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
रुवान्डामा हिजो भएको खेलमा नेपालले दिएको ८७ रनको सामान्य लक्ष्य अमेरिकाले ११ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर मात्र ८६ रन बनाएको थियो । १२ ओभर १ बल सकिँदा नेपालले ४ विकेट गुमाएर २७ रन मात्र बनायो ।
यसअघि आफ्नो पहिलो खेलमा गएको वैशाख ५ गते नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको थियो । अब नेपालले भोलि रुवान्डासँग खेल्नेछ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्