आज पनि गैरीगाउँ र मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाइदै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १४

काठमाण्डौँ । गैरीगाउँ र मनोहराका सुकुमबासी बस्तीमा आज पनि डोजर चलाइएको छ । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन डोजर परिचालन गरिएको हो ।

गैरीगाउँस्थित सुकुमबासी बस्तीमा सोमबार बिहानदेखि दुई वटा डोजर परिचालन गरिएको छ ।

यस्तै, भक्तपुरस्थित मनोहरा सुकुमबासी बस्तीमा १७ वटा डोजर परिचालन गरी घर–टहर भत्काइँदै छ ।

मनोहरा सुकुमबासी बस्तीमा आइतबार बिहानदेखि सुकुमबासी बस्ती हटाउन थालिएको हो । गैरीगाउँ र थापाथलीस्थित सुकुमबासी बस्तीमा भने शनिबार नै डोजर परिचालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *