पूर्वराजा ज्ञानेन्द्र भन्छन्– कुर्सीका लागि निर्लज्जता सह्य छैन

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ २२

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विहीबार गरेको आम हड्तालको पूर्वराजा ज्ञानेन्द्र शाहले विरोध गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले एक सन्देश जारी गर्दै विरोध गरेका हुन्। प्रदेश १ को झापामा रहेका उनले जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतीमा रमाउने शासक रहेसम्म जनालाई जिविक चलाउन धौ धौ पर्ने उनको कथन छ।

उनी लेख्छन्,‘जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्ने जीविका चलाउन पनि धौ धौ पर्न जान्छ।’

आम हड्तालको विरोध गर्दै उनले अगाडि जोडेका छन्,‘सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडताल वा जन विरोधी कृयाकलापले। जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *