|
२०८३ बैशाख १३
काठमाण्डौँ । भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुमबासी बस्तीमा आज डोजर चलाइने भएपछि धमाधम समान सार्न थालिएको छ । हिजो ढुंगामुढा भए पनि आज भने सुकुमबासीहरु आफै समान सारिरहेका छन् । यस कार्यमा नेपाल प्रहरीले पनि सघाइरहेको छ ।
यस क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए ।
मनोहरामा डोजरमाथि एक समूहले ढुंगामुढा गरी प्रहरीसमेतलाई घाइते बताएका थिए । स्थानीयको प्रतिकारपछि डोजरसहितको टोली फर्किए पनि आज सो क्षेत्र खाली गर्ने सरकारको तयारी छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्