काठमाडौं । नबिल बैंकले पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा फैलिएको ग्राहकको गोपनीयता भंग गरेको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। बैंकले यस्ता सूचना आधारहीन, भ्रामक र प्रमाणविहीन रहेको जनाएको छ।
बैंकका अनुसार, कान्तिपुर दैनिकमा प्रकाशित एक समाचारमा अनुसन्धानरत निकायबाट प्राप्त बैंकिङ कारोबार विवरण उल्लेख गरिएको भए पनि त्यसलाई तोडमोड गरी बैंकमाथि आरोप लगाइएको छ। नबिल बैंकले स्पष्ट पारेको छ कि कानूनी प्रक्रिया बाहेक कुनै पनि ग्राहकको विवरण तेस्रो पक्षलाई उपलब्ध गराइँदैन।
बैंकले आफ्नो कोर बैंकिङ प्रणालीमा ग्राहकसम्बन्धी सबै विवरण सुरक्षित रूपमा अभिलेख हुने र कसैले जानकारी निकालेमा त्यसको पूर्ण रेकर्ड रहने जनाएको छ। साथै, ग्राहक गोपनीयता कायम राख्नु बैंकको प्राथमिकता भएको र यसमा कुनै सम्झौता नहुने उल्लेख गरेको छ।
नबिल बैंकले दुष्प्रचार नगर्न आग्रह गर्दै आवश्यक परे कानूनी कारबाही अगाडि बढाइने चेतावनी समेत दिएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्