पीएम कप एनभिए लिग भलिबलमा पुलिसको जित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ११

काठमाडौं । नेपाल पुलिस क्लबको महिला टोलीले १० औं पिएम कप एनभिए लिग विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आजको दोस्रो खेलमा साविक विजेता रहेको पुलिसले बुटवलको एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमा हरायो ।

प्रतिस्पर्धात्मक पहिलो सेट २६–२४ ले जित निकालेको पुलिसले त्यसपछि दुई सेट २५–१६, २५–१७ ले माथि दियो । पुलिसकी उषा भण्डारी खेलको प्लेयर अफ दि म्याच घोषित भइन् । पिएम कपको पहिलो दिन आजको पहिलो खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

पहिलो सेट बाहेकमा बाहेक खासै प्रतिस्पर्धा भएन । एपिएफ २५–२३,१७–२५,२५–१९,२५–१९ ले विजयी भएको थियो । नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फका ६ र पुरुषतर्फका ८ टोलीले लिगमा प्रतिस्पर्धा गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Kathleen2950

    April 24, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *