काठमाडौं । मधेस प्रदेशमा यस वर्ष आँप उत्पादन अपेक्षाभन्दा कम हुने संकेत देखिएको छ । प्रारम्भिक चरणमा अत्यधिक फूल लागेकाले उत्पादन दोब्बर हुने अनुमान गरिए पनि वैशाखको सुरुवातमै आएको तीव्र हावाहुरीले ठूलो क्षति पुर्याएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अधिकृत रवि बस्नेतका अनुसार यस वर्ष आँपका बोटहरूमा विगतको तुलनामा निकै राम्रो फूल लागेको थियो । किसानहरू उत्साहित थिए भने सम्बन्धित निकायले समेत उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरेका थिए ।
तर, मौसमको प्रतिकूलताले सबै अनुमान उल्ट्यादियो । वैशाखको सुरुवातमै आएको हावाहुरीले अधिकांश मञ्जरी झारिदिएपछि उत्पादनमा ठुलो गिरावट आउने निश्चितजस्तै भएको केन्द्रले जनाएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेशमा आँप उत्पादन औसत १२.९४ प्रतिशत थियो । जिल्लागत रूपमा हेर्दा धनुषामा १२.८४ प्रतिशत, सिरहामा १२.९२ प्रतिशत, महोत्तरी र सर्लाहीमा १३.१२ प्रतिशतका दरले उत्पादन भएको थियो । त्यसैगरी रौतहटमा १२.९९ प्रतिशत, बारामा १३.४४ प्रतिशत र पर्सामा १३.२२ प्रतिशत उत्पादन भएको तथ्यांक केन्द्रसँग छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्