काठमाडौँका प्रजीअले सुकुमबासी बस्ती खाली गर्नेबारे थाले छलफल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १०

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुकुमबासी बस्ती हटाउन निर्देशन दिएसँगै काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जिल्ला स्थित सुरक्षा प्रमुखहरूसँग छलफल सुरु गरेका छन् । बिहान ११ बजेदेखी बबरमहल स्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । बैठकमा काठमाडौँका एसएसपी रमेश थापा, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सैनिक प्रतिनिधि सहभागी छन् ।

बुधवार प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखहरूलाई बोलाएर आगामी शनिबार र आइतबारमा थापाथली स्थित सुकुमबासी बस्ती हटाउन निर्देशन दिएका थिए ।

बैठकमा सुकुमबासी बस्ती खाली गर्नेबारे छलफल गरिने र सुरक्षा योजना तयार गरेर लागु गरिने सुरक्षा अधिकृतहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Khloe931

    April 23, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *