|
२०८३ बैशाख १०
काठमाडौं । वर्षा र सहकालका देवता भनेर पुजिने रातो मत्स्येन्द्रनाथको रथ गाबहालबाट तानेर मंगलबजार पुर्याइएको छ । आज बिहीबार मंगलबजारबाट पाटनको सुन्धारामा रथ पुर्याउने कार्यक्रम छ ।
स्थानीयवासी र गुठियारहरूको विशेष सक्रियतामा रथ तानेर बुधबार मंगलबजार पुर्याइएको थियो । जात्रा तालिकाअनुसार आज दिउँसोपछि रथ सुन्धाराका लागि प्रस्थान गर्नेछ ।
मंगलवारबाट विधिवत रुपमा शुरु भएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा मंगलवार पुल्चोकबाट तानेर गाबहाल लगिएको थियो ।
आज बिहानैबाट मंगलबजारमा पूजाआजा गर्ने भक्तजनहरूको ठूलो भीड लागेको छ । स्थानीय बासिन्दाहरूले रथको दर्शन र पूजा अर्चना गरिरहेका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Harvey3551
April 23, 2026https://shorturl.fm/DHESf