|
२०८३ बैशाख १०
काठमाडौं । काठमाडौंमा आजदेखि दशौँ संस्करणको पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग सुरु भएको छ। दशरथ रंगशाला कभर्डहलमा १० दिनसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली प्रतिस्पर्धामा छन्।
लिगमा केही टोलीले विदेशी खेलाडी समेत समावेश गरेका छन्, जसले प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ। प्रतियोगितामा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछन् र शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्।
यसपटक विजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्, जुन नेपाली भलिबल इतिहासकै ठूलो पुरस्कार मानिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्