काठमाण्डौँ । आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवान्डालाई २ विकेटले हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ ।
रुवान्डाले दिएको ८९ रनको लक्ष्य नेपालले १९ ओभर ४ बलमा ८ विकेट गुमाएर भेटायो । नेपालकी सम्झना खड्काले ४८ रन बनाइन् । रुवान्डाकी जियोभानिस उवासेले ३ विकेट लिइन् ।
यसअघि रुवान्डा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले १९ ओभर ४ बलमा ८८ रन बनाउँदा सबै विकेट गुमायो । रुवान्डाकी एलिस इक्वुजेले १७ रन बनाइन् । नेपालकी रचनाकुमारी चौधरीले ३ विकेट लिइन् ।
प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । नेपाल पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो भने दोस्रो खेला इटालीलाई ५० रनले हराएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् । सबै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्