सुदन किराँतीद्धारा प्रलोपाको सदस्य त्याग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ९

काठमाण्डौँ । सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्यसमेत त्याग गरेका छन् । यसअघि १८ चैतमा अध्यक्ष परिषदको सदस्यबाट राजीनामा दिएका उनले आज पार्टीको साधारण सदस्य समेत नरहेको जानकारी दिएका हुन् ।

उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्य समेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु । करिब ५ महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

माओवादी र एकीकृत समाजवादी लगायतका दलहरु मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन भएपछि उनी जनार्दन शर्मालगायतसँगै प्रलोपामा लागेका थिए ।

उनले संगसगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *