काठमाण्डौँ । १९औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले प्रतियोगितामा खराब लयमा रहेको लखनउ सुपर जायन्ट्ससँग खेल्दैछ ।
लखनउको घरेलु मैदानमा हुने खेल बेलुका ७ः४५ मा सुरु हुदैछ । राजस्थान ६ खेलमा ४ मा जितका साथ अंक तालिकाको चौथो स्थानमा छ । राजस्थान पछिल्ला दुवै खेलमा पराजित भएको छ । राजस्थान पछिल्लो खेलमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो ।
सुरुवाती ४ खेलमा लगातार जित हात पारेर लयमा रहेको राजस्थानले पछिल्लो दुई खेलमा जितको लय गुमाएको छ । लखनउलाई हराएर त्यो लय फिर्ता ल्याउने लक्ष्यमा राजस्थान छ ।
यस संस्करणको पहिलो खेलमा हार, त्यसपछिका २ खेलमा जित हात पारेको लखनउ पछिल्लो ३ खेलमा भने पराजित भएको छ । लखनउ ६ खेलमा ४ अंक बनाएर पुछारबाट दोस्रो स्थानमा छ ।
आइपिएल इतिहासमा यि दुई टोलीका बीचमा ६ खेल भएको छ । जसमा राजस्थान ४ तथा लखनउ २ पटक विजयी भएका छन् । पछिल्लो संस्करणमा भएको भेटमा लखनउले राजस्थानमाथि २ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्