काठमाण्डौँ । अखिल नेपाल फुटबल संघको आर्थिक विषयमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषदले मंगलबार कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ ।
मंगलबार बसेको राखेपको कर्यकारी समितिको बैठकले अख्तियार दूरुपयोग अनुसन्धान आयोगको पत्रका आधारमा राय पेश गर्नका लागि छानविन समिती बनाएको सदस्यसचिव रामचरित्र मेहताले बताएका छन् ।
एन्फाको खरिद प्रकृया पारदर्शी नभएको तथा कैफियतपूर्ण रहेको भन्दै परेको उजुरीमाथि छानविन गर्ने क्रममा अखतियारले राखेपको राय मागेको थियो ।
समितिलाई सात दिनभित्र छानविन गरि प्रतिवेदन बुझाउने समयसिमा तोकिएको छ । समितिका बाँकी दुई सदस्यमा राखेपका लेखा अधिकृत टंकनाथ कँडेल र आपूर्ति तथा भण्डार शाखाका गोपीकृष्ण निरौला छन् ।
आफ्नै विधान तथा राष्ट्रिय खेलकुद ऐन विपरित तथा सरकारको पटकपटकका निर्देशनविपरित जवरजस्ती गत चैत १३ मा अर्ली इलेक्सन गर्न खोजेको भन्दै राखेपले ११ गते एन्फालाई विभिन्न ११ सर्त राख्दै तीन महिनाका लागि निलम्बन गरेको थियो ।
निलम्बनमा रहको समयमा सबैखाले फुटबल गितिविधि ठप्प पारेको एन्फाका पदाधिकारीहरुलाई विभिन्न अन्तर्राष्ट्रिय सभा सेमिनार र गोष्ठीका नाममा विदेश भ्रमणमा पनि रोक्का लगाउने निर्णय भएको राखेप सदस्यसचिव मेहताले जानकारी गराए ।
यसैगरि नेपाली खेलकुदमा राष्ट्रिय र अन्तर्राष्ट्रिय नाममा वा अन्य कारणबाट विवादित विभिन्न राष्ट्रिय खेल संघसंस्थाहरुको विवाद समाधानका लागि राखपका अर्का कार्यकारी सदस्य भानु चन्दको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्