काठमाण्डौँ । रुवाण्डामा भइरहेको आइसिसी महिला टी-२० च्यालेन्ज ट्रफीअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोलीसँग खेल्दैछ ।
रुवाण्डाको किगालीमा रहेको गहंगा क्रिकेट स्टेडियम ओभलमा घरेलु टोली र नेपालको खेल मध्यान्ह १२ः४५ बाट सुरु हुदैछ ।
रुवाण्डा ३ खेलमा २ जितसहित अंक तालिकाको शीर्ष स्थानमा छ । नेपाल भने २ खेलमा १ जित सहित चौथो स्थानमा छ । नेपालले पहिलो खेलमा अमेरिकासँग पराजित हुँदा दोस्रो खेलमा इटलीलाई हराएको थियो ।
रुवाण्डाले पहिलो खेलमा इटलीसँग पराजित भएकोमा त्यसपछिका खेलमा अमेरिका र भानुआटुलाई हराएको थियो । प्रतियोगितामा नेपाल र घरेलु टोली रुवाण्डाका अलावा इटली, भानुआटु र अमेरिका सहभागी रहेका छन् ।
एसोसिएट देशको महिला क्रिकेट विकासका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सुरुवात गरेको प्रतियोगिताको यो पहिलो संस्करण हो । प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा हुने र लिगको सबै खेल पश्चात शीर्ष स्थानमा रहने देश विजेता बन्नेछन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्