|
२०८३ बैशाख ९
काठमाडौं — अर्थ मन्त्रालयले नयाँ आचारसंहिता लागू गर्दै कर्मचारीहरूलाई कार्यालयबाहिर सेवाग्राही भेट्न प्रतिबन्ध लगाएको छ। वैशाख ४ मा स्वीकृत नियमले पारदर्शिता, अनुशासन र सेवामुखी कार्यशैली मजबुत बनाउने लक्ष्य राखेको छ।
अब कर्मचारीले सेवाग्राहीको एजेन्ट बन्न, पदको दुरुपयोग गर्न, वा सेवाग्राहीको खर्चमा सुविधा लिन पाउने छैनन्। साथै, अनुमति बिना विदेश भ्रमण, उपहार स्वीकार वा आफन्तका लागि लाभ लिन पनि रोक लगाइएको छ।
मन्त्रालयका अनुसार, यो व्यवस्था सेवा प्रवाह सुधार र सुशासन प्रवर्द्धनका लागि लागू गरिएको हो।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्