बिजुलीको बिल नतिर्ने २७७ उपभोक्ता निगरानी सूचीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ८

चितवनस्थित विद्युत् वितरण केन्द्र भरतपुरले लामो समयदेखि महसुल नतिर्ने २७७ ग्राहकलाई निगरानी (कालोसूची) मा राखेको जनाएको छ। ती उपभोक्ताबाट करिब एक करोडभन्दा बढी रकम असुल हुन बाँकी रहेको छ।

कार्यालयका अनुसार बक्यौता नतिर्ने ग्राहकविरुद्ध कडाइ बढाइएको छ। चालु आर्थिक वर्षमै एक हजारभन्दा बढी ग्राहकको लाइन काटिएको र अझै पनि नियमित अनुगमन भइरहेको बताइएको छ।

हाल केन्द्रअन्तर्गत झण्डै ७५ हजार ग्राहक छन्, जसबाट ठूलो रकम उठ्न बाँकी छ। बक्यौता असुलीका लागि सूचना दिने, लाइन काट्ने जस्ता कदम जारी राखिएको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *