चार पेस्तोलसहित ५८ राउन्ड गोली विष्णुमती किनारबाट बरामद

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ६

काठमाण्डौँ । विष्णुमती नदी किनारबाट प्रहरीले चार थान पेस्तोल र ५८ राउन्ड गोली र सात थान म्यागजिन बरामद गरेको छ।

काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित विष्णुमती खोला किनारमा सरसफाइका क्रममा ती हतियार फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बरामद पेस्तोल टाइप–५४ रहेको र त्यसका सात थान म्यागजिन पनि भेटिएको प्रहरीले जानकारी दिएको छ ।

आइतबार बिहान महानगरपालिका र प्रहरीको संयुक्त सरसफाइ टोलीले खोला किनार सफा गर्ने क्रममा हतियार फेला पारेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *