काठमाण्डौँ । कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालय (टियु) अन्तराष्ट्रिय क्रिकेट रंगशालामा नेपाली पुरुष राष्ट्रिय टोलीले २ वर्ष पछि खेल्दै छ ।
सोमबार बाट सुरु हुने युएईविरुद्ध २ खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजमार्फत नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले २ वर्ष पछि पुनरागमन गर्न लागेको हो ।
पहिलो पटक टियुमा रात्रीकालीन रुपमा हुन लागेको यस सिरिजको दोस्रो खेल मंगलबार रहेको छ । दुवै खेल बेलुका ५ बजे पछि सुरु हुनेछ ।
नेपाली टोलीले सन् २०२४ को मे ४ मा टियु मैदानमा पछिल्लो खेल वेस्ट इण्डिज ए विरुद्ध खेलेको थियो । वेस्ट इण्डिजको ए टोली आए पनि नेपालको भने राष्ट्रिय टोली नै सहभागी रहेको थियो ।
अन्य देशको राष्ट्रिय टोलीसँग भने नेपालले सन् २०२४ मार्च ५ मा अन्तिम पटक खेलेको थियो । पछिल्लो पटक नेपालले टियुमा नेदरल्याण्ड्स तथा नामिबीया सहभागी त्रिकोणात्मक ट्वान्टी २० आई सिरिजको फाइनलमा खेलेको थियो । फाइनल खेल नेपालले नेदरल्याण्ड्ससँग खेलेको थियो ।
युएईसँगको ट्वान्टी २० अन्तर्राष्ट्रिय सिरिज लगत्तै नेपालले लगातार दुई वटा विश्वकप लिग २ अन्तर्गतको ओडिआई सिरिज पनि टियुमा नै खेल्नेछ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्