|
२०८३ बैशाख ६
सिरहामा आएको शक्तिशाली हावाहुरीले एक महिलाको ज्यान लिएको छ। शनिबार साँझ सखुवानन्कारकट्टी–२ मकरामपुरमा घरको पर्खाल भत्किँदा ६० वर्षीया किसुनवती यादवको मृत्यु भएको हो।
घरमै बसिरहेकी उनलाई हावाहुरीले जस्तापाता उडाएपछि पर्खाल भत्किँदा लागेको इँटाले गम्भीर चोट पुर्याएको थियो। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी टोली पुगेर आवश्यक प्रक्रिया अघि बढाएको छ। हावाहुरीका कारण मधेस प्रदेशका अन्य क्षेत्रमा पनि क्षति पुगेको बताइएको छ, जसको विवरण संकलन भइरहेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्