नेपालले यूएईसँगको टी–२०आई दीपेन्द्रको कप्तानीमा खेल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ४

काठमाडौँ । आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी–२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन् ।

यस्तै टी–२०आई टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन् । मल्लले टी–२० विश्वकप एसिया छनोटमा पछिल्लोपटक खेलेका थिए । साउदले सन् २०२२ मा केन्याविरुद्ध खेलेका थिए ।

यस्तै सन्तोष यादव र हेमन्त धामी पनि टी–२०आई टोलीमा स्थान बनाएका छन् । दुवैले डेब्यू गर्न बाँकी छ ।

क्यानले टी–२०आई टोलीको कप्तानी दीपेन्द्रले तथा ओडिआई टोलीको कप्तानी रोहित पौडेलले गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *