|
२०८३ बैशाख २
काठमाडौँ — आजदेखि नेपालभर दोस्रो आर्थिक गणना औपचारिक रूपमा सुरु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय का अनुसार आवश्यक गणक र सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा परिचालित भइसकेका छन्।
यो गणना आगामी असारको पहिलो सातासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ, जसका लागि करिब पाँच हजार जनशक्ति खटाइएको छ। अर्थ मन्त्रालय ले उद्योग, व्यापार, सेवा, सहकारी, सार्वजनिक तथा निजी क्षेत्रका विभिन्न आर्थिक गतिविधिहरूसम्बन्धी विस्तृत तथ्याङ्क सङ्कलन गरिने जनाएको छ।
गणनामा ठूला–साना व्यवसाय, उद्योग, गैरसरकारी संस्था, विद्यालय, अस्पताल लगायतका प्रतिष्ठानको संख्या, लगानी, रोजगारी र उत्पादनसम्बन्धी विवरण समेटिनेछ।
यसअघि २०७५ सालमा गरिएको आर्थिक गणनामा देशभर करिब ९ लाखभन्दा बढी व्यवसाय सञ्चालनमा रहेको तथ्य सार्वजनिक भएको थियो।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्