|
२०८३ बैशाख १
काठमाडौं — इरानले साउदी अरब, युएई, कतार, बहराइन र कुवेतसँग युद्धका कारण भएको क्षतिको भरपाई माग गरेको छ।
संयुक्त राष्ट्रसंघका लागि इरानी प्रतिनिधि अमिर सइद इरावानीले महासचिव एन्टोनियो गुटेरेसलाई पठाएको पत्रमा ती देशहरूले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको आरोप लगाइएको छ। इरानले भौतिक र मानसिक दुवै प्रकारका क्षतिको पूर्ण क्षतिपूर्ति दिनुपर्ने माग राखेको हो।
यसअघि पनि इरानले संयुक्त राज्य अमेरिकासँग यस्तै माग गरेको थियो। उता पाकिस्तानले इरान–अमेरिका वार्ता सकारात्मक दिशामा अघि बढिरहेको र छिट्टै अर्को चरण सुरु हुन सक्ने जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्