धादिङमा ठूलो लगानीको आलु प्रशोधन उद्योग, किसानमा नयाँ उत्साह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १

धादिङको नीलकण्ठ नगरपालिका–८, कमेरेमा करिब १ अर्ब ५० करोड रुपैयाँ लगानीमा फ्रेन्च फ्राई (आलु प्रशोधन) उद्योग निर्माण भइरहेको छ। देशभर आर्थिक मन्दी र लगानीमा हिचकिचाहट देखिएको बेला सुरु भएको यस परियोजनाले स्थानीय किसानमा आशा जगाएको छ।

उद्योग स्थापनासँगै आसपासका फाँटहरूमा अब व्यावसायिक आलुखेती विस्तार हुने अपेक्षा गरिएको छ। उद्योगले किसानबाट सिधै आलु खरिद गर्ने र भण्डारणमा सहुलियत दिने योजना अघि सारेको छ। यसले विशेषगरी उत्तरी धादिङका किसानलाई बजारको समस्या समाधान हुने विश्वास दिलाएको छ।

उद्योग सञ्चालनमा आएपछि करिब २०० जनाले प्रत्यक्ष रोजगारी पाउने र हजारौँ किसान अप्रत्यक्ष रूपमा लाभान्वित हुने जनाइएको छ। आधुनिक प्रविधिमा आधारित यो उद्योगले दैनिक १० टन आलु प्रशोधन गर्ने लक्ष्य राखेको छ।

सभामुख डीपी अर्यालले उद्योग क्षेत्रको अवलोकन गर्दै निजी लगानीलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस परियोजनाले कृषि र उद्योगबीचको सम्बन्ध बलियो बनाउँदै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *