दक्षिणकालीको केराबारीमा कार दुर्घटना हुँदा चालकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ३०

काठमाण्डौँ । काठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित सडकबाट कार खस्दा चालकको मृत्यु भएको हो ।

मकवानपुरबाट काठमाडौं आउँदै गरेको बागमती बीएडी ५२८१ नम्बरको कार राति सवा १० बजे सडकबाट ५०० मिटर तल खसेको हो ।

कारका चालक काठमाडौं महानगरपालिका-७ का ३४ वर्षीय सुरज खड्काको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *