|
२०८२ चैत्र ३०
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसहित १५ मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार विवरण सार्वजनिक गरेको हो।
विवरण अनुसार प्रधानमन्त्री शाहसँग बैंकमा १ करोडभन्दा बढी रकम, करिब १९० तोला सुन र विभिन्न स्थानमा पैतृक जग्गा रहेको उल्लेख छ। उनका आम्दानीका स्रोत सामाजिक सञ्जालबाट रहेको देखाइएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेसँग विभिन्न जिल्लामा घरजग्गा, ठूलो परिमाणमा सेयर लगानी र बैंक मौज्दात रहेको छ भने केही ऋण पनि देखिन्छ।
अन्य मन्त्रीहरूको विवरणमा पनि सुनचाँदी, घरजग्गा, बैंक बचत, सवारी साधन र सेयर लगानी समावेश छन्। अधिकांशले सम्पत्तिको स्रोत पैतृक, व्यवसाय र रोजगारी भएको बताएका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्