काठमाण्डौँ । राप्रपाको असन्तुष्ट पक्षले राजेन्द्र लिङदेन नेतृत्वको केन्द्रीय समिति भंग गर्दै एक साता भित्र महाधिवेशनको मिति तोक्न माग गरेको छ ।
महामन्त्री धवलशमशेर राणा र कुन्ती शाही लगायतको आइतबार बसेको भेलाले सन्तुलित र विश्वसनीय वातावरणमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेको छ ।
त्यस्तै भेलाले केन्द्रीय महाधिवेशनको मिति एक हप्ताभित्र घोषणा गर्ने र व्यापक सुधारको उद्देश्य लिएर, एकता महाधिवेशनपश्चात राप्रपाको आदर्श, विधान र अनुशासन विपरित भएका काम कारवाहीको न्यायसंगत छानबिन गरी आगामी महाधिवेशनमा निष्कर्ष पेश गर्न एक छानविन समिति गठन गर्न समेत माग गरको छ ।
उनीहरुले अध्यक्ष लिङदेनलाई सम्बोधन गर्दै दिएको पत्रमा २०७८ को एकता महाधिवेशनवाट नयाँ उमंग र नयाँ संभावना बोकेर अघि बढेको राष्ट्रिय प्रजातन्त्र पार्टी हालै सम्पन्न संसदीय निर्वाचनसम्म आइपुग्दा नराम्रोसँग खुम्चिन पुगेको उल्लेख गरिएको छ ।
साथै निर्वाचन पूर्वको केन्द्रीय कार्यसमितिको वैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले मलाई खेल्न दिनुहोस्, राप्रपालाई देशको पहिलो पार्टी बनाउछु भनेकोमा अकल्पनीय नजिता प्राप्त भएको बताइएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्