|
२०८२ चैत्र २९
काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले देशभरका सरकारी अस्पतालहरूमा छिट्टै डिजिटल प्रणालीमार्फत स्वास्थ्य परीक्षण रिपोर्ट उपलब्ध गराउने व्यवस्था गरिने बताउनुभएको छ ।
आज काठमाडौंस्थित वीर अस्पतालको अनुगमनका क्रममा मन्त्री मेहताले बिरामी तथा उनीहरूका आफन्तसँग प्रत्यक्ष गुनासो सुन्दै यस्तो जानकारी दिनुभएको हो । अस्पतालमा उपचारका लागि आएका सेवाग्राहीहरूले रिपोर्ट प्राप्त गर्न ढिलाइ हुँदा अनावश्यक झन्झट व्यहोर्नुपरेको गुनासो गरेका थिए ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्