अम्पायरलाई अपमान गरेको भन्दै क्रिकेटर करण केसीलाई लगाइयो प्रतिबन्ध

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २९

काठमाण्डौँ । नेपाली अम्पायरले खेलका दौरान लिने निर्णयको विषयमा राष्ट्रिय खेलाडीले पटक पटक आलोचना गर्ने गरेका छन् ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा अम्पायरको निर्णयलाई लिएर राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले सार्वजनिक रूपमै प्रश्न उठाएका थिए । त्यसमा कतिपय विदेशी खेलाडी समेत समर्थन जनाएका थिए ।

अम्पायरको निर्णयको विषयमा राष्ट्रिय प्रतियोगितामा पनि प्रश्न उठिरहेका छन् । जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अम्पायरको निर्णयमा असन्तुष्टि जनाएका खेलाडीले त कारबाही समेत भोगिसकेका छन् ।

लुम्बिनी प्रदेशका कप्तान देव खनालले मधेसविरूद्धको खेलमा आफूलाई गलत तरिकाले आउट दिएको भन्दै अम्पायरसँग असन्तुष्टि जनाएर विवाद गरेका थिए । यही कारणले म्याच रेफ्रीले कारबाहीका लागि सिफारिस गरेपछि दुई डिमेरिट अंक दिँदै कारबाही गरिएको थियो ।

अम्पायरको विषयमा गत शुक्रबार बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले पनि असन्तुष्टि जनाएका थिए । मधेसविरूद्धको खेलमा एलबिडब्लु अपिलपछि अम्पायरले सुनुवाइ नगर्दा विवाद भएको थियो । सन्दीपले असन्तुष्टि जनाउँदै अम्पायरसँग केही मिनेट विवाद गर्दा उनको हाउभाउ आक्रोशपूर्ण रहेको टेलिभिजनमा देखिएको थियो । विवाद हुँदा सन्दीपलाई बागमतीका अरू खेलाडीले रोक्न खोजेका थिए ।

वीरगन्जमा भएको उक्त खेल अम्पायरद्वय बासु कर्ण र कमलेश ठाकुरले सञ्चालन गरेका थिए भने म्याच रेफ्री मोहमद सफिक थिए।

सन्दीपले अम्पायरसँग असन्तुष्टि व्यक्त गरेको विषय सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसमध्ये ट्रोल क्रिकेट नेपाल नामक सामाजिक सञ्जालको पेजमा नेपाल पुलिस क्लबका तीव्र गतिका बलर करण केसीले गरेको टिप्पणीपछि क्रिकेट वृत्त तरगिंत बन्यो ।

उक्त कमेन्टका कारण करण प्रतिबन्धमा परेका छन् । चार पटक सम्पादन गर्दै करणले कमेन्ट गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *