काठमाण्डौँ । नेपाली स्टार अलराउण्डर दीपेन्द्र सिंह ऐरीआबद्ध रहेको पाकिस्तान प्रिमियर लिग (पिएसएल) को टोली इस्लामाबाद युनाइटेडको को अर्को खेल आज रहेको छ ।
लिगको आफ्नो छैटौं खेलमा इस्लामाबाद हैदराबाद किंग्सम्यानसँग खेल्दैछ । इस्लामाबाद र हैदराबादबीचको खेल कराँचीमा रहेको नेशनल क्रिकेट रंगशालामा बेलुका ७ः४५ मा सुरु हुदैछ ।
यस सिजनको पिएसएलको लागि ३१ लाख नेपाली रुपैयामा इस्लामाबादमा अनुबन्धन भएका दीपेन्द्र टिमको छैटौं खेल हुदै गर्दा डेब्युको अवसर कुरी रहेका छन् । इस्लामाबादले पछिल्लो र टिमको पाँचौं खेलमा लाहोर कलन्दर्सलाई हराएको थियो ।
इस्लामाबादले पहिलो खेलमा मुल्तान सुल्तानसँगको हार बेहारेको थियो । दोस्रो खेलमा पेशावर जाल्मीसँगको खेल वर्षाका कारण रद्ध भएको थियो । टोली तेस्रो, चौथो र पाँचौं खेलमा जित हात पारेको थियो ।
इस्लामाबाद ८ टोली समावेश लिगको तेस्रो स्थानमा छ । लिगको पहिलो स्थानमा पेशावरको टोली छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्