दिल्लीबाट आयो बालेनलाई बुलावा: मोदीले दिए भारत भ्रमणको निम्तो!

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २९

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएका छन्। निमन्त्रणा स्वीकार भइसकेको भए पनि भ्रमणको मिति भने तय हुन बाँकी छ।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार नेपालमा निर्वाचनपछि दुवै देशबीच उच्चस्तरीय संवादलाई अघि बढाउने क्रममा उक्त निमन्त्रणा आएको हो। उनले प्रधानमन्त्री शाहलाई मोदीले टेलिफोनमार्फत बधाई दिँदै भारत भ्रमणको प्रस्ताव राखेको स्पष्ट पारे।

मन्त्री खनालले नयाँ सरकार गठनपछि नेपालले आफ्नो परराष्ट्र नीति राष्ट्रिय हित र आर्थिक विकासमा केन्द्रित गर्दै अघि बढाइरहेको जानकारी दिए। उनका अनुसार नेपाल–भारतबीच करिब ४० वटा द्विपक्षीय संयन्त्र सक्रिय छन्, जसलाई प्रयोग गरेर सम्बन्धलाई अझ सुदृढ बनाइनेछ।

उनले विदेशमन्त्री एस. जयशंकरसँगको भेटमा पनि आगामी उच्चस्तरीय भ्रमण र सहकार्यका विषयमा छलफल भएको बताए। नेपालले असंलग्नता, सार्वभौमसत्ता र राष्ट्रिय हितलाई आधार बनाएर आफ्नो परराष्ट्र नीति निरन्तर अघि बढाउने स्पष्ट सन्देश दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *