प्रचण्ड र नेपालबीच भेटवार्ता

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण १९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विहानै एमाले बरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

विहान नेपाल निवास नजिकै कोटेश्वरमा गएर प्रचण्डले भेटवार्ता गरेका हुन् । यद्यपि स्थान भने गोप्य राखिएको छ । समसामयिक राजनीतिका साथै सरकारमा सहभागिताको विषयमा दुई जनाबीच मात्रै भेटवार्ता चलेको एक नेताले बताए ।

सत्ता साझेदार दलहरुले एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेको बेला प्रचण्डले नेता नेपाललाई भेटेका हुन् ।

सकेसम्म नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । सुरुका छलफलहरुमा नेपालले सरकारमा सहभागी हुने बचन दिए पनि पछिल्ला दिनहरुमा आन्तरिक एकताको प्रयास भइरहेकाले सरकारमा नजाने बताउने गरेका छन् ।

नेपालको निर्णय नआएका कारण मन्त्रिपरिषद् विस्तार समेत रोकिएकाले आजको दुई नेताबीचको वार्तालाई निर्णायक मानिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालवीच भेटवार्ताको तयारी भइरहेको अवस्थामा दुई शीर्ष नेतावीच भेटवार्ता भएको हो । आजै नेता नेपाल र अध्यक्ष ओलीवीच भेटवार्ताको तयारी छ । यद्यपि ठाँउ भने अझै तय भइसकेको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *