|
२०८२ चैत्र २७
रवि लामिछानेको सिफारिसपछि प्रधानमन्त्री बालेन्द्र शाहले श्रम मन्त्री दीपककुमार साहलाई पदबाट हटाएका छन्। मन्त्री बनेको झण्डै दुई हप्तामै साह बर्खास्त भएका हुन्।
साहले आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्त गर्दा पार्टीको नियम उल्लंघन गरेको आरोप लागेपछि यो कदम चालिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले छानबिनपछि कारबाही सिफारिस गरेको थियो।
पार्टीले नातावाद र पदको दुरुपयोगप्रति शून्य सहनशीलता देखाउँदै प्रश्न उठ्नेबित्तिकै निर्णय लिएको बताएको छ। विश्लेषकहरूले यसलाई सुशासनतर्फ कडा सन्देशका रूपमा हेरेका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्