|
२०८२ चैत्र २७
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गर्दै नयाँ दर आजदेखि लागू गरेको छ। अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्यका कारण घाटा नियन्त्रण गर्न यस्तो निर्णय गरिएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल २०७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। त्यसैगरी, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ। आन्तरिक हवाई इन्धनमा पनि वृद्धि भई प्रतिलिटर २५७ रुपैयाँ कायम भएको छ।
निगमका अनुसार मध्यपूर्व क्षेत्रमा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले स्वदेशमा पनि समायोजन गर्नुपरेको हो। करमा सहुलियत दिँदा पनि घाटा कम नभएकाले मूल्य बढाउन बाध्य भएको निगमले जनाएको छ।



दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्